आरामै हुनुहुन्छ भनेर सोध्दा पनि यस्तो समयमा कताकता मेरो मनमा कस्तो प्रश्न किन यस्तो बेलामा सोधे होला जस्तो लाग्छ ! समय र दुनिया, यो प्रश्न सामान्य हँुदाको भन्दा भिन्न र निकै फरक भैसकेको छ । रोग, भोक र अन्य थुप्रै मानवीय समस्याको चाङ लागिसकेको छ । कस्तो समय आएछ कति गाह्रो ! तर के जस्तो देखिदँैछ र सुनिदँैछ स्थिति त्यति नै भयावह छ त ! कतै सकारात्मक खवर पाउँदा पनि त्यस खवरको सशंकित हँुदै प्रतिप्रश्न गर्छाै ।

तर कुनै पनि नकारात्मक मनस्थिति पैदा गर्ने खवरले तत्काल असर गर्छ । के हामीले सोचेका छौँ यस्तो प्रवृत्तिका बारेमा किन यस्तो भईरहेको छ । तपाईलाई याद छ संगत गुनाको फल हामी सानो हँुदा ठूलाबडाले भनेर भनेका कुरा । हामी कसको संगतमा छौँ अहिले हामीमध्ये धेरैले त महसुस पनि गरेका छैनौँ, सोच्ने समय कहाँ छ र ! सधै हातमा भएको जादुमय यन्त्रमा हामी मन्त्रमुग्ध छौँ । अहिले संसारमा भएको प्रविधिको विकासले गर्दा हामी आज आधा मानव, आधा रोवट यन्त्रद्वारा क्षमतावान बनेका छौँ ।


विहानै उठ्छाँै रातभरि मोवाईल फोनमा नै भएपछि विहान उठ्दा पनि थकित हुन्छौँ । सारा संसारको तनाव हामीलाई हुन्छ । घरकै बुवाआमा तथा आफन्तसँगै प्रत्यक्ष कुरा नभएको पनि हप्तौ भएको हुन्छ । हामी भौतिक रुपमा कतै र मनबाट अन्तै कतै पुगेका हुन्छौ । विहान उठ्ने वित्तिकै सारा संसारभरिको सूचनाले हाम्रो दिमाख भरिसकेको हुन्छ । आफू र आफ्नाहरुको बरपर भए तापनि खवर भने खासै हुँदैन । होश हराएको जस्तो भएका छाँै । यसरी जीवन निर्वाह भएको कति भयो होला याद छ ? तपाईले सबैभन्दा पहिला स्मार्टफोन प्रयोग गर्न थालेको त्यो भन्दा पहिले हाम्रो जीवनशैली याद छ ? उठेपछि के गर्नु हुन्थ्यो ? अनि सुत्नुअघि के गर्नु हुन्थ्यो ? कतै कही कुर्दा के गर्नु हुन्थ्यो ? विहान उठेपछि बेलुका नसुतुन्जेलसम्म विभिन्न सूचनाले दिमाख भरिएपछि पक्कै असर पर्छ । के तपाई आफ्नो फोन नवज्दा पनि छिनछिनमा चेक गर्नु हुन्छ ? नेटवर्क नहुँदा तपाईलाई त्यतिकै दिक्क लागेर आउँछ ।खै के नभएको, के हराएको जस्तो हुन्छ ! यो अवस्था सवैको हो, अझ कार्यव्यस्तता नभएका तर घरमा नै बसिरहने विशेष गरेर मिडल एज्ड महिलाहरु , बालबालिकाहरु तथा किशोर किशोरीहरुमा यो झनै विकराल छ । मोवाईल फोनविनाको दुनिया अकल्पनीय भएजस्तो । औसत मनस्थिति नै यस्तो भएपछि सकारात्मकताभन्दा बढी नकरात्मकता हावी हुन्छ । सामाजिक संजालमा भाइरल हुन अनेक घटनाहरुलाई तोेडमोड गरेर बनेका समाचारले समाजमा महत्व त्यति नै पाउने गर्छ । यो विकराल अवस्थाप्रति यस्तै नकारात्मकता नै बिक्ने भएपछि यस्तै सामग्रीमा जोड दिइरहेका छन् धेरै व्यक्तिहरु ।


यो संसार चलिरहेको छ र चलिरहन्छ आफ्ना व्यवहारहरु परिवर्तन गर्नु पर्छ । गलत काम गर्नु हँुदैन अरुले के गरे ? के गर्दैछन् ? के गर्लान् ? त्यसको पछाडि लाग्नु हँुदैन् । सबैभन्दा पहिला आफूलाई राम्रो मान्छे बनाउनको लागि आफ्नो कर्तव्य अनुशासित भई पालना गर्नुपर्छ । परिवारप्रति ,समाजप्रति र राष्ट्रप्रति कर्तव्यनिष्ठ बन्नु पर्छ । जब हामी परिवार र समाज कर्तव्यनिष्ठ बन्छ अनि देश सुन्दर बन्छ ,सारा सन्सार सुन्दर बन्छ । आजभोलि हामी धेरै व्यस्त बन्दै गएका छौ । हामी व्यस्त केमा बन्दैछौँ धेरैलाई थाहा नहुन सक्छ । तर हाम्रो आजको यो स्वर्णिम समय मोवाईलमा व्यतित गरिरहेका छाँै । लाईक, कमेन्ट, फलो अनि सेयरमा हामीले हाम्रो दैनिकी बिताइरहेका छौँ ।
प्रविधिको विकास हुनु राम्रो कुरा हो । प्रविधिलाई हामीले उपभोग गर्नु अहिलेको आवश्यकता हो तर आजको समाज हेर्दा प्रविधिले हामीलाई उपभोग गरिरहेको छ । प्रविधिले हाम्रो उत्पादनशील समयलाई भुलाइरहेको छ । हामी प्रविधि प्रयोग गरिरहेका छौँ भनेर मख्ख परिरहेका छाँै तर, प्रविधिले हामीलाई प्रयोग गरिरहेको छ । के बालक, के युवा, के वृद्ध सबै मोवाईलमा झुण्डिएको पाउँछौ हामी । राति सुत्नुभन्दा अघि र उठेपछि मोवाइल हातमा हुन्छ । दैनिक चौवीस घण्टा हुन्छ । त्यस समयभित्र हामी कति घण्टा मोवाईलमा हुन्छौँ ? अवश्य पनि आज हामी मोवाइलमा रहँदा हाम्रो मानसिकता पनि एकोहोरो भएको छ ।

उत्पादनशीलमा भन्दा अनावश्यक चिजमा आज हामी रमाउन थालेका छाँ । हामी आधा मानव आधा रोवट भनिरहँदा हामी त्यसलाई सिद्ध गर्न लागेका छौँ । भनिन्छ मानिस नैै भगवान बन्छ । मानिस नै राक्षस बन्छ । मानिस नै रोवर्ट नबनौँ । सास, आश र नाश हुने मानवरुपी यो शरिर र मानसिकतालाई मेशिन नबनाऔँ । प्रविधि जान्नु आजको आवश्यकता पर्छ तर प्रविधिलाई हाम्रो आवश्यकता नठानौँ । यो हाम्रो मानव शरिरको परिकल्पना हामी गर्न सक्दैनौ किनकी यसको विकास कसैले पनि गर्न सक्दैन । जन्मदेखि मृत्युसम्ममा यो जीवनको भोगाइ, हामीमा रहेको रिस, आवेग, दोष, त्रास, ज्ञान, बुद्धि विवेक, भय, इश्र्या, मायामोह यी सबैको मिश्रण हाम्रो शरिरमा हुन्छ ।
यी सबै चिज हाम्रो मानसपटलमा रहँदा हामीले कस्तो प्रतिकृया कुन अवस्थामा गर्छाैँ भन्ने हामीलाई थाहा नहुन सक्छ अनि कसरी यो सव चिजको समिश्रणले हाम्रो जीवन चलेको हुन्छ । हाम्रा इन्द्रीयले गरेका काम कल्पनाभन्दा बाहिरको छ । त्यसैले हाम्रो जीवनलाई एउटा मोवाईलमा सीमित नराखौँ । जति बेला प्रविधिको विकास थिएन, त्यो बेलामा हामी मानव भगवान थियौँ । तर, आज प्रविधिको विकाससँगै मानव सोच दिनप्रतिदिन विग्रिरहेको छ । हाम्रो जीवन अमूल्य छ यो जीवनलाई बुभ्mने प्रयास गरौँ । प्रविधिले मानिसलार्ई क्षणिक सुख त देला तर दीर्घकालिन सुख दिन सक्दैन । सुख र दुख प्रविधिले दिने हैन, हामीभित्र हुन्छ । प्रविधिले टाढालाई नजिक बनाउँछ नजिकलाई टाढा बनाउँछ । परिवारबीचको सम्वन्ध मोवाइल भन्दा फरक हुन्छ । दुखसुखमा परिवारको साथ । पारिवारिक सम्वन्ध मोवाईलको सम्वन्धभन्दा गाढा र निकट हुन्छ त्यसैले परिवारमा समय दिऔँ । आफन्त साथीभाइलाई माया र सम्मान गरौँ । आफूले आफूलाई चिनौं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्