बिर्तामोड, असोज ११ । इलाका प्रहरी कार्यालय दमकले विभिन्न होटलमा ‘इन्सपेक्टर हुँ’ भन्दै धम्काउने एक व्यक्तिलाई प्रक्राउ गरेको छ ।

कमल गाउँपालिकाका विभिन्न होटलमा इन्सपेक्टरको परिचय दिदैँ मदिराजन्य पदार्थ र मासुका परिकार खाएर पैसा नतिरी हिँड्ने दमकका इन्द्रप्रसाद थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । होटल सञ्चालकबाट आएको उजुरीको कारण दमक –५ का ५८ बर्षिय थापालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रमुख पण्डित बताउँछन् । शनिबार पक्राउ परेका थापा माथि थप अनुसन्धान भइरहेको इप्रका दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्