उर्लावारी, असोज ११। शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा ( माङ्जाबुङ्गे ) को निधन भएको छ ।

उनले ‘अरुणपूर्व लिम्बूवान’ को पनि निर्देशन गरेका थिए । त्यस्तै याख्खा भाषाको पहिलो चलचित्र छालुम्माको पनि उनले नै निर्देशन गरेका थिए । उनी चलचित्र निर्माता र निर्देशकसँगै सांस्कृतिक अभियन्तासमेत रहेको ‘देउमाइको किनारमा’ चलचित्रका कलाकार तथा सहायक निर्देशक दुर्गा नेम्बाङले बताए ।
लामो समयदेखि मिर्गाैला र कलेजो रोगवाट पीडित शेर्माको आज विहान १० वजे आफ्नै निवासमा निधन भएको हो ।
५५ बर्षिय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् । उनी फिल्मसंगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहदै आएका थिए । शेर्माको आज दिउँसो नै उर्लावारीस्थित सुनझोडा जंगलमा अन्त्येष्टि गरिएको छ ।
यसैवीच, शेर्माको असमायिक निधनप्रति चलचित्रकर्मी,साहित्यक ,सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीहरुले समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्