भद्रपुर, असोज ११ । नेपाल बार एशोसिएशन र मानवअधिकार तथा जनसरोकार समितिले झापा कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको घटनामा सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् ।

केही दिनअघि मात्र जिल्ला कारागारमा १७ जनाको स्वाव संकलन गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ आएपछि बार एशोसिएशन र मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर चासो राख्दै आईतबार एक विज्ञप्ति प्रकाशित गरेर सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । झापा कारागारका ७ जना कैदीबन्दी तथा २ जना प्रहरी र १ कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।
नेपाल वार एशोसिएशन झापा ईकाईका सचिव भीम बराल र मानवअधिकार तथा जन सरोकार समितिकी संयोजक यज्ञलक्ष्मी चौलागाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा झापा वार संवैधानिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं प्रेस स्वतन्त्रताको पक्षमा क्रियाशील रही आएको स्मरण गराइएको छ ।कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्यसम्बन्धी हक समेत सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भएकोले कारागारमा संक्रमण पुष्टि भएका कैदीबन्दीहरुको स्वास्थ्य उपचारको समुचित व्यवस्था मिलाउन विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्