बिर्तामोड, असोज १२ । झापाको बिर्तामोड नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने कार्यक्रम सुरु भएको छ । बिर्तामोड नगरपालिका –५मा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख ध्रुवकुमार सिवाकोटी र उनको परिवारका सदस्यको फोटो खिचाएर कार्यक्रमको शुरुवात गरिएको हो ।


सरकारी निर्णय अनुसार राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोड नगरपालिकाले नगरबासीलाई फोटो खिचाउने आग्रह गरेको छ । आज (सोमबार)बाट राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोडमा फोटो खिचाउने अभियान सुरु भएको नगर प्रमुख सिवाकोटीले बताए । कार्यक्रमलाई नगरका सबै वडामा विस्तार गरिने हुनाले सबैले आ–आफ्नो वडामा फोटो खिचाउन सकिने प्रमुख शिवाकोटीले बताए ।
झापामा राष्ट्रिय परिचय पत्र वितरण सुरु भइरहँदा पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा मात्रै फोटो खिचाउन सकिने व्यवस्था थियो । त्यसलाई विस्तार गर्दै स्थानीय तहबाट वडासम्म लगिएको हो ।

सोमबार नै बिर्तामोड नगरपालिकाको –५, ३ वडामा परिचय पत्र वितरण कार्यक्रम शुरु भएको हो । वडा नम्बर –३को महेन्द्र रत्न माविमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले कोरोना कहरकै बीच सतर्कता अपनाएर गतिविधि सञ्चालन गर्नुपर्ने अवस्था रहेको जनाए । प्रमुख शिवाकोटीले फोटो खिच्नका लागि आउने सम्पूर्ण नगरबासीलाई मुस्कानसहितको सेवा प्रदान गर्न अनुरोधसमेत गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्