गौरादह , असोज १२ । झापाको गौरादह नगरपालिकामा एक बृद्धाको हत्या भएको छ ।

गौरादह नगरपालिका वडा नं १ की ६५ वर्षिया मनमाया भण्डारीको हत्या भएको हो । घरभित्रको खाटमुनि दुवै हात पछाडि बाधिएको अबस्थामा उनको लाश फेला परेको हो । घटनाबारे जानकारी प्राप्त भएको र त्यसबारे अनुसन्धान गर्नका लागि आफ्नो नेतृत्वमा घटनास्थलतर्फ टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्