झापा असोज, १३ । रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड–१९ खोप उपलब्ध गराउने भएको छ । कोषले मंगलबार ट्रिनिटी फार्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड १९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको छ ।


यस सहमित अनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड–१९ खोप ‘स्पुतनिकभी’ उपलब्ध गराउन सकिने जनाइएको छ । यो खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ । सम्झौताले धेरै देशहरूले कोरोना भाइरस भ्याक्सिन पोर्टफोलियोमा ‘मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म’मा आधारित भ्याक्सिनको महत्वलाई मान्यता दिने जनाइको छ । ‘मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो । जुन दशकौंसम्म सुरक्षित साबित भएको छ । जसमा ७५ अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनहरू र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरू समावेश छन्’ रुसी प्रत्यक्ष लगानी कोषले भनेको छ ।

रूसी खोपको क्लिनिकल परीक्षणहरूले कुनै गम्भीर प्रतिकूल असर नदेखाएको र ‘स्पुतनिक भी’ले शतप्रतिशत सहभागीहरुमा स्थिर ‘ह्युमरल र सेलुलर’ प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरेकोसमेत जनाइएको छ । ११ अगस्तमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ‘स्पुतनिक भी’ खोप रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड–१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ । ४ सेप्टेम्बरमा, ‘स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो । एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’ को माग गरेकोसमेत जनाइएको छ । आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलिनय डोज, ब्राजिलसँग ५० मिलियन, भारत (१ सय मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ ।


यसअघि रुस राष्ट्रपति भलाद्मिर पुटिनले यो खोप आफ्नो छोरीलाई पनि लगाइसकेको बताएका थिए । भारतीय सञ्चारमाध्यम लाइभमिन्टका अनुसार रुसमा उच्च प्रोफाइल अधिकारीहरू र राजनीतिज्ञहरूले पनि खोप लगाइसकेका छन् । तर, अमेरिका र पश्चिमा राष्ट्रहरुले रुसले खोप विकासमा क्लिनिकल परीक्षणका मापदण्ड पालना नगरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले भने यो खोपलाई मान्यता दिइसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्