बिर्तामोड असोज, १४ । दातृ संस्था आइओएमले वैदेशिक रोजगारमा गएर कोरोना संक्रमणका कारण नेपाल फर्किएका युवालाई आइओएमले पुनस्र्थापनाको कार्यक्रम शुरु गरेको छ । झापाको अर्जुनधारामा आयोजना गरेको कार्यक्रमबाट २ सय युवा लाभान्वित हुने भएका छन् ।


अर्जुनधारा नगरपालिकामा बसोबास गर्ने युवालाई कार्यक्रम मार्फत् आर्थिक सहयोग गरिने भएको छ । सो रकमले उनीहरुले पेश गरेको परियोजना बमोजिमको उद्यम गर्नुपर्ने दाता संस्थाको शर्त रहेको तालिम तथा अनुगमन संयोजक प्रकाश कार्कीले बताउनु भयो । आइओएमको आर्थिक सहयोग तथा एशियन फोरम, नेपाल विकास अध्ययन प्रतिष्ठान, पौरखी नेपाल र युथ एक्सन नेपालको साझेदारीमा कार्यक्रम सुचारु गरिएको हो ।


कार्यक्रममा नगरका दुई सय युवा छनौट गरी ३ सय ५० अमेरिकी डलर बराबरको रकम आर्थिक सहयोग गरिने कार्कीले जानकारी दिए । अहिले फर्म मार्फत परियोजना संकलन कार्य भइरहेको उनको भनाई छ । त्यसपछि तालिम प्रदान गरी उद्यमी बनाईने कार्कीले बताए । ंकार्यक्रममा सहभागिताका लागि नगरपालिकामा रहेको क्वारेन्टाइनमा बसेको प्रमाणित हुनु पर्ने पहिलो शर्त रहेको छ । झापाको अर्जुनधारा सहित सुनसरीको धरान उपमहानगरपालिका र धनकुटा नगरपालिकामा यो कार्यक्रम लागू हुने कार्यक्रम निर्देशक चिरञ्जिवि बरालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्