हल्दीबारी , असोज १४ । फजुल खर्च कटौती गरेको बताउने झापाको हल्दीबारी गाउँपालिकाले गत वर्ष संचारमाध्यमका लागि २६ लाख रुपैयाँ खर्च गरेको छ ।

विभिन्न पत्रपत्रिका, एफएम र अनलाइनहरुमा सूचना र समाचार प्रकाशन प्रसारण गरेवापत् हल्दीबारी गाउँपालिकाले त्यति रकम खर्च गरेको हो । जसलाई केही गाउँपालिकाबासीहरुले अत्यधिक भएको टिप्पणी गरेका छन् । कतिपयले नामै नसुनिएका संचारमाध्यमको नाममा खर्च देखाइएको बताएका छन् । गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले संचार क्षेत्रका लागि भएको खर्चका बारेमा आफूलाई थाहा नभएको बताए । उनले कुन कुन मिडियाले के शिर्षकमा रकम लगेको हो भनेर आफूले खोजी गर्ने बताए । गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले वर्षभरि प्रचारप्रसारका लागि भएको खर्च विवरण सार्वजनिक गरिएको बताए । उनले त्यस शिर्षकमा अन्य पालिकाहरुको खर्च खोजी गर्न आग्रह गरे । हल्दीबारी गाउँपालिकाबाट स्थानीयसँगै राष्ट्रिय स्तरका मिडियाले पनि रकम लगेको देखिएको छ । जसको विवरण यसप्रकार रहेको छ ।


चालु खर्च बढी भएको जनगुनासो आएपछि गाउँपालिकाले यस वर्ष त्यस खर्चमा ६५ लाख रुपैयाँ कटौती गरेको हो । कर्मचारीको भत्ता, इन्धन , कार्यक्रम खर्च , बैठक भत्ता , वडा कार्यालयहरुको मसलन्द खर्च घटाइएको गाउँपालिका कार्यालयले जनाएको छ । गत वर्ष हल्दीबारी गाउँपालिकाको चालु खर्च ५ करोड रहेको थियो । यस वर्ष त्यसलाई ४ करोड ३५ लाख रुपैयाँमा झारिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्