बिर्तामोड , असोज १४ । झापाको बिर्तामोडबाट लागु औषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् ।

हिजो साँझ ६.३० बजे बिर्तामोड ३ स्थित सैनिकमोडबाट लागूऔषध खैरो हिरोईन ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् भने एकजनालाई बिर्तामोड ५ बाट प्रहरीले पक्राउ गरेको हो । सैनिकमोडमा पक्राउ पर्नेमा झापा कचनकवल ३ का २२ बर्षीय सदाम राजवंशी र सोही गाउँपालिका वडा नं ४ का ३९ बर्षीय नरबहादुर राजवंशी रहेका छन । विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात् चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ९ हजार रुपैंयाँ समेत बरामद गरिएको छ पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट राखी थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । त्यस्तै हिजै साँझ बिर्तामोड ५ स्थित आनन्द चौकबाट ३ ग्राम ब्राउन सुगरसहित मेचीनगर १३ चारआलीका २२ वर्षिय विनायक मानन्धर पक्राउ परेका छन् । इप्रका बिर्तामोडबाट साधा पोशाकमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्