बिर्तामोड , असोज १४ । विगत १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै साझा पार्टी झापाले बिर्तामोडमा प्रदर्शन गरेको छ ।

१७ औं दिनसम्म गोविन्द केसी अनसन बस्दा पनि वार्ता समितिसम्म नबनाउने सरकारको रबैयाको विरोधमा केसीको प्राण रक्षा खातिर साझा पार्टीले प्रदर्शन गरेको मेदिनी प्रसाईले बताए । शान्तिपूर्ण प्रदर्शनमा साझा पार्टीसँगै विकेकशील नेपाली पार्टीका कार्यकर्ता पनि सहभागी रहेको उनले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्