बिर्तामोड , असोज १५ । बिर्तामोड नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री बितरणमा रोक लगाएको छ ।

बिषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री बितरणमा रोक लगाएको हो । नगरपालिकाको आज बसेको बैठकले नगरमा त्यस्ता सडेगलेका माछाको बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताए । उनले एक सूचना जारी गरी रसायन प्रयोग गरिएका, सडेगलेका माछा बजारमा निर्बाध रुपमा बिक्री भैरहेकाले त्यस्ता माछाको उपभोगले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सबैलाई सचेत बन्न आग्रह गरेका छन् ।

१ प्रतिक्रिया

  1. आफ्नो माछाको बिक्रीवितरणमा गडबड आयो मेयर ज्यु?

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्