बिर्तामोड , असोज १५ । झापाको बिर्तामोडमा एक चिकित्सक र प्रहरीका एक सईसहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा संजीवनी हस्पिटल बिर्तामोडका एक चिकित्सक र इलाका प्रहरी कार्यालय बिर्तामोडका सई रहेका छन् । बिर्तामोड नगरपालिका ३ बस्ने सजींवनीका चिकित्सकलाई संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । त्यस्तै इटहरी उपमहानगरपालिका २ ठेगाना भई इप्रका बिर्तामोडका प्रहरी नायव निरीक्षकलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोड वडा नं ५ र ८का दुई स्थानीय महिलालाई पनि आजै संक्रमण देखिएको खड्काले जानकारी दिएका छन् । त्यस्तै कनकाई नगरपालिकामा एक ९० वर्षिया बृद्धासहित तीनजनमा संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा कनकाई ९ का ९० वर्षिया बृद्धा र ४७ वर्षिय पुरुष रहेका छन् । केही दिनअघि कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आमा र दाजुलाई आज संक्रमण देखिएको कनकाई नगरपालिकाले जनाएको छ । त्यस्तै कनकाई ३ की ३४ वर्षिया महिलालाई पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अर्जुनधारामा दुई जनामा संक्रमण पुष्टि भएको छ । सिभिल बैंक अर्जुनधारा शाखाका कर्मचारीसहित २ जनामा संक्रमण पुष्टि भएको हो ।नगर स्वास्थ्य शाखाका अनुसार अर्जुनधारा ८ शनिश्चरे बजारस्थित बैंकमा कार्यरत २५ वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो । स्वाद र गन्ध थाहा नपाउने भएपछि असोज २ गते कोशी कोभिड अस्पताल बिराटनगरमा स्वाब संकलन गराएर उनी तीन दिनसम्म घरमै बसेका थिए । यस्तै, अर्जुनधारा ६ का एक व्यक्तिको रिपोर्ट पनि पोजेटिभ आएको जनाइएको छ । त्यस्तै गौरादह नगरपालिका वडा नं ५ की ४८ वर्षिया महिलामा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको सँखया ८८० पुगेको छ । त्यसमभ्ये ७८९ जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्