भद्रपुर , असोज १५ । आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने शिवसताक्षी ८ का मनकुमार लिम्बु कारागार चलान भएका छन् ।

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको आज भएको आदेशानुसार लिम्बुलाई पुर्पक्षको लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको हो ।
उनले भदौ १७ गते बिहान शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने भित्री सडकखण्डको किनारमा आफ्नै साथी शिवसताक्षी ११ बस्ने २९ वर्षिय गोमनसिंह मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । घटनापश्चात् प्रहरीले लामो अनुसन्धान गरी हत्यारा पत्ता लगाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्