भद्रपुर , असोज १५ । भारतबाट नेपालतर्फ लागु पदार्थ ब्राउन सुगर ल्याउँदै गर्दा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

आज दिउँसो ३ ः४० बजे कचनकवल गाउँपालिका वडा नं १ बगानमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा चेकजाँच गर्ने क्रममा ती भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखनाडिगी पदमपुर बस्ने ३२ वर्षिय फरबेद आलम रहेका छन् । उनको साथबाट प्लाष्टिकसहित १४.८९ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको छ । उनलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्