राजगढ , असोज १६ । आफ्नै घरको पंखाले लागेर बाह्रदशी गाउँपालिका ५ का वडा सदस्य जीवन खरेल घाइते भएका छन् ।

आज विहान ४ बजे अचानक टाउकोमा चक्कर लागेपछि ५७ वर्षिय खरेल हुत्तिएर घुमिरहेको पंखासँग ठोक्किएका थिए । पंखाले लागेर उनको टाउको फुटेको छ । विहान ४ बजे उठेर औषधि खान खोज्दा टाउको अचानक घुमेपछि आफू पंखातिर हुत्तिएको उनले बताए । ‘ ठूलो दुर्घटना हुनबाट जोगिएँ’ उनले भने ,‘ झन्न ज्यान गएन ।’ घाइतेलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्