एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना टेस्ट पोजिटिभ आएपछि अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको हो । व्हाइट हाउसले विज्ञप्ति जारी गरी सावधानी र सतर्कता अपनाउँदै उनलाई वाल्टर रीड नेशनल सैनिक मेडिकल सेन्टरमा भर्ना गरिएको जनाएको छ । यसअघि ट्रम्पले एक ट्वीट गर्दै आफू र आफ्नी पत्नीलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका थिए ।ं
व्हाइट हाउसले सूचना दिदै ट्रम्पले थकान महसुस गरिरहेको जनाएको छ । सीबीएस न्यूज अनुसार ट्रम्पलाई हल्का ज्वरो पनि देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्