बिर्तामोड, असोज १७ । झापा दमककी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दमक नगरपालिका–७ भएकी ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार बिहान मृत्युु भएको हो ।


निमोनिया र ज्वरो देखापरे पछि कोशी अस्पताल भर्ना भएकी थिइन् । उनको ११ गते कोशी अस्पतालमा गरिएको परीक्षण कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा दमकले जनाएको छ । उनीसँगै झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्