दमक, असोज १७ । दमक ६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले यस वर्ष कोरोना भाइरसका कारण अघिल्ला बर्ष जस्तो भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर संस्थाको कार्यालयमा साधारणसभा सम्पन्न गरेको सहकारीका सहव्यवस्थापक तुलसी राजवंशीले बताए । त्यस अवसरमा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठले सञ्चालक समितिका तर्फवाट आर्थिक बर्ष २०७७६–०७७ को यथार्थ बार्षिक प्रतिवेदनसहित चालु वर्ष २०७७–०७८ सालको अनुमानित प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका लेखा समितिका तर्फवाट लेखा संयोजक गोविन्द सेनेहाङले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।
त्यस अवसरमा संस्थाले ७० बर्षमाथिका आफ्ना १२ जना ज्येष्ठ शेयर सदस्यहरुलाई विगत वर्षझैं यसवर्ष पनि नगदसहित सम्मान गर्नुका साथै स्टाफ अफ द इयरबाट दुई जना कर्मचारीलाई पुरस्कृत गरिएको संस्थाका सहसचिव तिर्थराज र्राईले बताए । यसरी पुरस्कृत हुने कर्मचारीतर्फ बजार व्यवस्थापक सुनिल खड्का र बजार प्रतिनिधि आकाश मगर रहेका छन् ।
संस्थाको कारोवार बढ्दै
गएको वर्षसम्म संस्थामा कुल शेयर सदस्य संख्या १८३० पुगेको छ भने वासलात ११ करोड ७४ लाख १५ हजार ४३७, शेयर पूंजी २ करोड २१ हजार ४ सय,निक्षेप ८ करोड ५९ लाख ८९ हजार ७९४ र कर्जा लगानी १० करोड ४३ लाख ५६ हजार ६५५ रुपैयाँ रहेको प्रतिवेदनमा जनाईएको छ । त्यस अवधिमा संस्थाले कुल नाफा १ करोड ९४ लाख ३४ हजार ५९३ रुपैयाँ गरेको र खर्च कटाएर ६ लाख ८२ हजार ४ सय ८४ रुपैयाँ मुनाफा गर्न सफल भएको प्रतिवेदनमा जनाइएको छ ।
पारित गरिएको संस्थाका अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको वन्दाबन्दीका कारण अन्य क्षेत्रझै वित्तीय क्षेत्रहरु समेत प्रभावित भएको अवस्थामा पनि सहकारीका सञ्चालक ,शेयर सदस्यहरुको साथ र सहयोग प्राप्त भएको उल्लेख छ । त्यसक्रममा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका समयमा नगरपालिकामा राहत तथा आर्थिक सहयोगमा योगदान पुरयाँएको जनाईएको छ ।
त्यस्तै, संस्थामा आवद्ध शेयर सदस्यको एकाघर परिवारमा कसैको मृत्यु भए कर्जावापतको केही रकम छुट दिदै आएको,लकडाउन अवधिभरि ऋणीहरुको हर्जना मिनाहा गरिएको लगायतका सदस्यकेन्द्रीत विभिन्न सेवा पुरयाँउदै आएको सचिव राजेन्द्र चेम्जोङले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्