झापा, असोज १७ । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल नगरपालिकाबाट बिदाइ भएका छन् । विगत दुई वर्षदेखि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भूर्तेललाई नगरपालिका, नगरका विभिन्न शाखासहित विभिन्न संघसंस्थाले शुक्रबार बिदाइ गरेका हुन् ।


नगरले प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले नगरमा रहँदा गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसहित बिदाइ गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले अर्जुनधारामा काम गर्दा सन्तुष्ट भएको बताए । ‘अर्जुनधारामा काम गर्न असहज हुने सुनेको थिए’, भूर्तेलले भने तर, त्यो वातावरण भएन ।’ आफू आउँदा ४२ र ४३ कर्मचारी भएको बताउँदै उनले भने ‘हाल ३ सयदेखि ३ सय ५० जना कर्मचारी छन् ।’ उनले प्रदेशमा सरुवाको माग गरे बमोजिम सरुवा भएकोमा खुसी व्यक्त गरे ।


अर्जुनधारामा २३ महिना १५ दिन कार्य सम्पादन गर्दा नगर प्रमुख, उपप्रमुख, सबै जनप्रतिनिधि, कर्मचारीहरुसँग सहज वातावरण भएको बताए । उनले सरुवा भए पनि यस नगरका लागि सकेसम्म सहयोग गर्ने प्रतिवद्धता गरे । उनी प्रदेश– १ मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्