कमल, असोज १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कमल गाउँपालिकाको वडा नम्बर १ मा वडा समिति गठन गरेको छ ।

शनिवार सम्पन्न वडास्तरीय कार्यकर्ताहरुको भेलाले श्यामहरि कोइरालाको अध्यक्षतामा १५ सदस्यीय राप्रपा वडा समिति गठन गरेको पार्टीले जनाएको छ ।
समितिको उपाध्यक्षमा योगन्द्र भट्टराई, सचिवमा लोकेन्द्र भण्डारी ,सहसचिवमा रामकुमार खड्का, कोषाध्यक्षमा अंगुरा बस्नेत र सदस्यहरुमा अर्जुन कार्की,नरबहादुर पोख्रेल,मानबहादुर कार्की,टंक भण्डारी,ओकोल मिस्त्री,दमन पोख्रेल,हिमादेवी तिम्सिना खड्का ,रोहितप्रसाद पौडेल र टिकाराम गौतम चुनिएका छन् ।
यसैगरी भेलाले पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा गंगा प्रसाद सापकोटा,नारायणप्रसाद खतिवडा,डम्बरप्रसाद खतिवडा ,तिलकबहादुर कार्की र कविर अधिकारी रहेका छन् ।
पार्टी संगठन सुढृढीकरण अभियानअन्तर्गत गाउँपालिकाका ७ वडामध्ये यसअघि ३,५,६ र ७ मा संगठन विस्तार गरिसकिएको पार्टी परिचालन तथा अनुगमन समितिका संयोजक दिपक खरेलले जानकारी दिए ।
राप्रपाले कमलको वडा नम्बर ४ मा भने यही असोज २१ गते पार्टी संगठन निर्माण गरिने तय भएको संयोजक खरेलले बताए ।
वडा भेलामा पार्टीका क्षेत्रीय अध्यक्ष विजय बराल,जिल्ला सदस्य सन्तोष कार्की, राम डाँगी,कमल अध्यक्ष विष्णुप्रसाद पौडेल, कमल ५ का अध्यक्ष खड्गबहादुर श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्