सैनिक बजार , असोज १७ । झापाको मेचीनगर–६ मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) सैनिक बजार कार्यालयले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । बिर्तामोड– १० स्थित सैनिक बजार शाखामा आबद्ध शेयर सदस्य ठाकुरनाथ मैनाली ( ७४ ) लाई नगदसहित सम्मान गरिएको हो।

संस्थामा आबद्ध जेष्ठ सदस्य मैनालीलाई उनको निवासमा पुगेर सैनिक कार्यालयगत उपसमिति संयोजक मनु मुखिया, २ नम्बर इकाई समिति संयोजक रत्नबहादुर बस्नेत, कार्यालय प्रमुख विशाल ढुंगानाले फूलमालाले सम्मान गरेका थिए।
संस्थाको नियम अनुसार शेयर सदस्यहरुमध्ये ५ हजारभन्दा बढी शेयर रकम भएका, सदस्यता प्राप्त गरेको तीन वर्ष अवधि पूरा गरेका र ७० वर्ष पुगेका जेष्ठ सदस्यलाई सम्मान गर्ने गरिएको सैनिक शाखा प्रमुख विशाल ढुंगानाले बताए । जिल्लाभर ४१ वटा शाखा कार्यालय रहेको संस्थाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर सबै शाखाका ३ सय ५२जना जेष्ठ सदस्यलाई सम्मान गरेको बताइएको छ।
कर्मचारी पवन मैनालीले सहजीकरण गरेको कार्यक्रममा बजार प्रतिनिधि चन्द्रबहादुर राई, निशा लिम्बूलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्