झापा, असोज १७ । चारआलीस्थित नयाँ श्रीनाथ गणका थप ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

सांकेतिक चित्र

झापा कारागारको सुरक्षार्थ खटिएका दुई र विदाबाट फर्किएका चार गरी शनिबार ५ जनामा संक्रमण पुष्टि भएको हो । केही दिनअघि मात्र कारागारमा खटिएका सैनिक जवानलाई संक्रमण देखिएको थियो । ती संक्रमित सैनिकको सम्पर्कमा आएका अन्य सैनिकहरुलाई कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । त्यस्तै विदाबाट फर्केर चारआली व्यारेक बाहिरको आन्तरिक क्वारेन्टाइनमा बसेका चार जना जवानलाई संक्रमण देखिएको सुरक्षा प्रमुख अमरजंग थापाले बताए । उनले अहिलेसम्म ब्यारेकभित्रका कसैलाई पनि संक्रमण नदेखिएको जानकारी दिए । योसँगै नयाँ श्रीनाथ गणका ९ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । त्यस्तै शनिबार दमक नगरपालिका वडा नं १० र ७ का दुई महिला र गौरादह नगरपालिका वडा नं. २ की एक महिलालाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्