मेचीनगर, असोज १७ । नक्कलबन्दा समाज विकास समिति मेचीनगर ५ र ६ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नक्कलबन्दा सामुदायिक भवनमा भएको कार्यक्रममा २८ जनाले रगत दान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष योगेन्द्र थापामगर , ६ का वडाध्यक्ष ललित तामाङको उपस्थिति रहेको थियो । कोरोना भाइरसको महामारीका कारण रगतको अभाव भइरहेकाले रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्