बिर्तामोड, असोज १७ । नेवाः मिसा दवू झापा जिल्ला समितिको शनिबार जिल्ला भेलासहित कार्यालय उद्घाटन गरिएको छ । बिर्तामोड-१ स्थित अरनिको टोलमा रहेको कार्यालयको उद्घाटन प्रमुख अतिथि नेवाः देय् दवू झापाका अध्यक्ष दिनेश शाक्यले गरेका हुन् ।

कार्यालय उद्घाटनपछि अध्यक्ष शाक्यले नेवारी संस्कृतिको जगेर्नामा नेवाः मिसा दवूले महत्वपूणर् भूमिका निर्वाह गर्न सक्ने बताउँदै एकीकृत भएर नेतृत्व विकासमा जोड दिन आग्रह गरे । कार्यक्रमको अध्यक्षता मिसा दवूकी झापा अध्यक्ष तिलरुपा श्रेष्ठले गरेकी थिइन् । उनले अझै पनि महिलाप्रति हेरिने दृष्टिकोण र व्यवहार फरक भएकाले यसको परिवर्तनका लागि सशक्त भएर अघि बढ्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा नेवाः मिसा दवूकी प्रदेश नम्बर १ सचिव उषा श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी, दवूका मेचीनगर अध्यक्ष रेजिना श्रेष्ठ, कचनकवल अध्यक्ष चन्द्रमाया श्रेष्ठ, बिर्तामोड अध्यक्ष गंगा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको स्वागत संस्थाकी उपाध्यक्ष अनिता श्रेष्ठ र सञ्चालन सचिव बोलीकुमारी श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्