हल्दीबारी , असोज १७ । हल्दीबारी गाउँपालिका वडा नं २ मा किरात राई यायोक्खाको नयाँ कार्य समिति चयन भएको छ ।

वडा समितिको सातौ अधिबेशनले रत्नकुमार राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा मनकुमारी राई , सचिव गोपाल राई, सहसचिव धु्रव राई र कोषाध्यक्षमा दुर्गा राई रहेका छन् । त्यस्तै सदस्यमा विमला राई , मंगल राई, विकास राई , सन्दीप राई , अर्जुन राई र मानबहादुर राई रहेका छन् । वडा समिति अध्यक्ष युवारत्न राईको अध्यक्षता र झापाका सचिव केवलराम राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हल्दीबारी २ का वडाध्यक्ष राजेन्द्र योङ्हाङ , जिल्ला कार्यसमिति झापाका सदस्य गणेशबहादुर राई , अर्जुनकुमार राई , हल्दीबारी नं २ वडा सदस्य खकेन राजबंशी, शान्ता गौतम, सुकलाल राजबंशी र नेकपा हल्दीबारीका अध्यक्ष याम राई किराया हल्दीबारी अध्यक्ष तथा आदिबासी जनजाति महासंघ हल्दीबारीका अध्यक्ष अर्जुन बुताङ राईकोे आतिथ्य रहेको थियो । किरण राईले संचालन गरेको कार्यक्रममा स्वागत रत्नकुमार राईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्