कुमरखोद , असोज १८। प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित झापा गाउँपालिकाबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका—३ बस्ने २६ वर्षिय दिनेश ठाकुर र १९ वर्षिय अमर राजबंशी रहेका छन् ।

सशस्त्र प्रहरी बल टाघनडुब्बा बिओपीका प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डको टोलीले हिजो साँझ ६.३५ बजे राष्ट्रिय अनुसन्धान बिशेष सुराकीको आधारमा उनीहरुलाई कामाटोली बजारमा रहेको एक होटलबाट पक्राउ गरेको हो । उनीहरुलाई चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको २८.८६ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ । बरामद गरिएको लागुऔषध र पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्