भद्रपुर , असोज १८ । हाल विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको उच्च जोखिमका कारण बढ्दै गईरहेको साईबर अपराधका घट्नाहरुलाई न्यूनीकरण गर्नका लागि आज सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

साइबर अपराध न्यूनीकरण गर्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यालय झापाले सो कार्यक्रम आयोजना गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले दमक र कन्काईमा रहेका नगर बाल सञ्जाल , एभरेष्ट बोर्डिङ स्कुल दमक र झापा मोडेल ईङ्लिस बोर्डिङ स्कुल दमकका २२ जना बालबालिकाहरुलाई अनलाईनबाट भिडियो कन्सफ्रेन्सको माध्यमद्वारा सचेतना प्रदान गरेका थिए । प्रबिधिको दुरुपयोगबाट नै साईबर अपराधका घट्ना घट्न सक्ने भएकाले त्यस प्रकारका घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा र बेफाईदा, सेक्युरिटी फिचर्स, नेपाल प्रहरीसम्म आईपुग्ने समस्याहरु र कानुनी प्रावधानहरुका बारेमा जानकारी गराई कोईरालाले त्यस प्रकारका गतिबिधिमा संलग्न हुन नहुने सुझाव दिएका छन् ।
कार्यक्रममा सहभागी बालबालिकाहरुको मनमा लागेका जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्