इलाम , असोज १९ । इलामको माई नगरपालिका ९ स्थित जनता मावि चिसापानीमा सोमबार एक कार्यक्रमकाबीच डा. गोबिन्दप्रसाद दासलाई विदाई तथा कृष्ण राई र हरिचरण घिमिरेलाई स्वागत गरिएको छ ।


६ वषअघि सिराहाको जनता मावि खोक्सी जानकीनगरबाट माई नगरपालिका आएका डा. दास सरुवा भई इलामको चुलाचुली मावि जाने भएका हुन् । डा. दासले चिसापानीको जनता माविमा कार्य गर्दा सबैको सहयोग प्राप्त रहेको बताउँदै विद्यालयमा शिक्षकहरुको टिमवर्क राम्रो रहेको प्रशंसा गरे ।
कार्यक्रममा माई वडा नं ९ का वडाध्यक्ष तथा जनता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलाकुमार बान्तवाले विदाई भएर जाने मावि तहका अंग्रेजी शिक्षक डा. दासलाई आगामी दिन चुलाचुली माविमा कार्य सम्पादनमा उत्कृष्ट रहन शुभकामना दिए । अध्यक्ष बान्तवाले नवआगन्तुक विज्ञान शिक्षक कृष्ण राई र अंग्रेजी शिक्षक हरिचरण घिमिरेलाई पनि अवसर र चुनौतीका रुपमा कार्य गर्न शुभकामना दिए । प्रधानाध्यापक धनबहादुर मगरले डा. दास प्रष्ट र पारदर्शी कार्य गर्ने कुशल शिक्षक भएकाले आगामी दिनमा सफलताको शुभकामना दिए । उनले विद्यालयको शैक्षिक क्षेत्रमा सफल भएर काम गर्न विज्ञान शिक्षक कृष्ण राई र अंग्रेजी शिक्षक हरिचरण घिमिरेको भूमिका उच्च रहने बिश्वास ब्यक्त गरे ।
विद्यालयका शिक्षक टंक लुइटेल,जितबहादुर बिश्वकर्मा,रमेश योगी,सबिना दर्नाल, शिक्षक कर्मचारी बिद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिशिर भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्