हल्दीबारी , असोज १९ । हल्दीबारी गाउँपालिकाको गौरवको आयोजना नवनिर्मित भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा सोमबार ईन्स्टिच्युट अफ क्रिटिकल डाइलग (आइसिडी) हल्दिबारी माक्र्सवाद अध्ययन केन्द्रको बिस्तारित प्रथम बैठक सम्पन्न भएको छ ।

सो बैठक ईन्स्टिच्युट अफ क्रिटिकल डाइलग (आइसिडी) हल्दीबारीका अध्यक्ष अबिषेक खतिवडाको अध्यक्षता र झापा जिल्ला आइसिडी सदस्य तथा हल्दीबारी इन्चार्ज बलराम गिरीको प्रमुख आतिथ्यमा विभिन्न एजेन्डामा छलफल गरी बैठक सम्पन्न भएको हो । कार्यक्रमका अध्यक्ष खतिवडाले अब आइसिडी हल्दीबारी गाउँ कमिटीले विभिन्न रचनात्मक ,सामाजिक साथै युवा नेतृत्वदायी भूमिका खेल्दै अगाडि बढ्ने , आफू र आफ्नो टिमले प्रदेश ,जिल्ला ,क्षेत्र नगर–गाउँपालिकामा हरबखत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बैठकका प्रमुख अतिथि गिरीले माक्र्सवादी अध्ययन नै आजको कम्युनिस्ट आन्दोलनलाई सही बाटो रहेको र आइसिडीले युवा बिद्यार्थीलाई अगाडि बढाउने एउटा थलो बन्ने बिश्वास व्यक्त गरे । केही समयमै सयौ बिद्यार्थीलाई संगठनमा आवद्द गराएर यो संस्था अहिले प्रदेश ,जिल्ला ,क्षेत्र हुँदै हल्दीबारीमा पनि निकै चर्चामा छ । बैठकको संचालन हल्दीबारी गाउँ कमिटी सचिब बिजय राईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्