दमक, असोज १९ । दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार आएको पिसिआर परीक्षणको रिपोर्टमा नगर प्रमुख ओली र दमक १० का वडा अध्यक्ष बोधराज न्यौपानेमा समेत संक्रमण देखिएको हो । नगर प्रमुख ओलीकी श्रीमती लीला ओलीलाई भने एक दिनअघि नै संक्रमण देखिएको थियोे । दम्पत्तीसहित उनका छोरामा पनि संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।स्वास्थ्य शाखा स्रोतका अनुसार दमकका एक महिलासहित चार जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैबीच नगरपालिकाका पदाधिकारीमा कोरोनाको संक्रमण देखिएपछि दमक नगरपालिका र सबै वार्ड कार्यालयहरु मंगलबारदेखि असोज २३ गतेसम्मका लागि बन्द गरिएको छ । नगरपालिकाका पदाधिकारीलाई समेत कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ तयार गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु चार दिनका लागि बन्द गरिएको नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेद्धारा मंगलबार जारी सूचनामा सो उल्लेख छ ।
उता श्रीमतीलाई कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टाईनमा रहेका गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको नगर प्रमुह साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्