एजेन्सी । दिल्ली कैपिटल्स आईपीएलको फेरि शिर्ष स्थानमा पुगेको छ ।

दिल्लीको टीमले अंक तालिकामा शिर्ष स्थान हासिल गर्नका लागि रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै ५९ रन अन्तरको फराकिलो जीत हासिल गरेको हो । दिल्लीले दुबईमा गएराति खेलाइएको आईपीएलको १९ आंै म्याचमा बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । त्यसकोे जवाफमा बैंगलोरको टीमले ९ विकेटमा मात्र १३७ रन बनाउन सक्यो ।
विराट कोहली ४३ रन बनाएर टप स्कोररमा रहे । दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । त्यसमा कप्तान कोहलीको विकेट पनि शामिल छ । चार ओभरमा १८ रन दिदै दुई विकेट लिने अक्षर पटेल म्यान आफ द म्याच घोषित भए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्