बिर्तामोड, असोज २० ।
इलाका प्रहरी कार्यालय बिर्तामोड सोमबार ३ लाख ७१ हजार रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । बिर्तामोड र कनकाई नगरपालिकाका विभिन्न स्थानबाट भन्सार छलेर भित्र्याइएको सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।


बारमद गरिएको सामग्रीमा १२ पिस कलको वासर, ३४ जोर जुत्ता, ४७ प्याकेट कलको जिब्री, ३६ पिस जाली, ४० किलो काजु, ७० प्याकेट रेडबुल रहेको इप्रका बिर्तामोडले जनाएको छ । उक्त सामग्री मेची भन्सार कार्यालय काँकडभिट्टालाई बुझाइएको पठाइएको प्रमुख रिजालले जानकारी दिए । चाडपर्व नजिकिएसँगै कारोबार बढ्ने हुँदा नियन्त्रणका लागि बिर्तामोड प्रहरी लागिपरेको रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्