झापा, असोज २० । नेपाल–भारत सिमा क्षेत्रमा घुम्दै गरेका तीन युवतीलाई माइती नेपाल काँकरभिट्टा र प्रहरीले उद्धार गरेको छ । झापाको गौरादह, सुनसरी र भत्तपुर दुवाकोट घर भएका तीन युवतीलाई माइती नेपालले आइतबार र सोमबार काँकडभिट्टामा भेटाइ परामर्श पश्चात आवास गृहमा राखेको छ ।


युवतिले विभिन्न व्यक्तिसँग सामाजिक सञ्जालमा सम्पर्क गरी कामका लागि पानीट्याङ्कीस्थित होटलमा काम गर्न हिँडेको बताएका छन् । सुनसरी घर भएकी युवतीलाई भने परिवारको जिम्मा लगाइएको माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले बताए ।


कोरोना महामारीको समयमा पनि दलाल सक्रिय रहेको माइती नेपालका काँकडभिट्टाका प्रमुख घिमिरे बताउँछन् । गत साउनमा पनि काँकडभिट्टा क्षेत्रबाटै भारत जान लागेका ४ युवतिलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको माइती नेपाल काँकडभिट्टाले जनाएको छ । लकडाउन कै समयमा माइती नेपालले भारतको मनिपुरबाट २१ जना युवतिलाई उद्धार गरेर नेपाल फर्काएको थियो । कोरोना महामारीको कारण उद्धार गरिएका युवतिलाई तत्काल परिवारलाई जिम्मा लगाउँदै आएको घिमिरेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्