बिर्तामोड , असोज २० । झापाको प्राकृतिक सम्पदामाथि आदिबासी जनजाति महिलाहरुको अधिकारका बारेमा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघले चासो लिएको छ ।

महासंघको केन्द्रीय समितिले मंगलबार बिर्तामोडमा एक कार्यक्रम गरी झापाका राजवंशी , ताजपुरिया , गनगाई , धिमाल , मेचे जातिका महिलाहरुले जल , जंगल र जमिनमाथिको अधिकार पाए–नपाएको बिषयमा चासो व्यक्त गरेको हो । प्राकृतिक सम्पदामाथि आदिबासी जनजातिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानुनले दिएको अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्दै महासंघकी सचिव मंजु धिमाले प्रकाश पारेकी थिइन् । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे , बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य द्रौपदा गणेश र रानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार आङदम्बेले आदिबासी जनजातिका लागि गरिएको व्यवस्थाका बारेमा जानकारी दिएका थिए । कार्यक्रमको सहजीकरण महासंघकी महासचिव जुनिता राइृले गरेकी थिइन् । कार्यक्रममा झापाका पाँचवटा आदिबासी जातिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्