एजेन्सी । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आईपीएलमा उत्कृष्ट प्रदर्शन जारी राखेको छ ।
मुम्बईको टीमले गएराति अबुधाबीमा भएको प्रतिष्पर्धामा राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ ।

यो जीतसँगै मुम्बईको टीम फेरि अंक तालिकामा पहिलो नम्बरमा पुगेको छ । मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेटको क्षतिमा १९३ रन बनायो । त्यसपछि मुम्बईका बलरहरुले राजस्थानको टीमलाई १८.१ ओभरमा १३६ रनमा अलआउट गरिदिए । मुम्बईका लागि नटआउट ७९ रन बनाउने सूर्यकुमार यादवले जीतको आधार तयार गरे भने टे«न्ट बोल्ट र जसप्रीत बुमराहको अगुवाइमा बलरहरुले घातक प्रदर्शन गर्दै जीत आफ्नो पक्षमा पार्न सफल भए । बुमराहले २० रन दिदै चार, बोल्टले २६ रन दिदै दुई र जेम्स पैटिन्सनले १९ रन दिएर दुई विकेट लिए । सूर्यकुमारलाई म्यान अफ द म्याच घोषित गरियो ।