भद्रपुर, असोज २१ । भद्रपुर नगरपालिका क्षेत्रमा पहिलोपटक दुईवटा सहकारी बीच एकीकरण भएको छ । भद्रपुर ९ स्थित एउटै उद्देश्य बोकेका प्रकाश कृषि सहकारी र चन्द्रगढी मूल एकता कृषि सहकारीबीच एकीकरण भएको हो ।

सहकारी एकीकरण समितिका संयोजक विष्णुप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले सहकारी ऐन २०७४ को भावनाअनुसार दुई सहकारी एकीकरण भएको घोषणा गरे । मञ्जु पोखरेलले स्वागत गरेको कार्यक्रममा प्रकाश कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, एकीकरण विवाद समाधान समितिका संयोजक दुर्गाप्रसाद भट्टराई, सहकारी अभियन्ता वशिष्ठ अधिकारीलगायतले धारणा राख्दै एक व्यक्ति एक सहकारी सदस्य नीति कार्यान्वयन तथा सहकारीमा पूँजी एकीकृतको अवसरमा एकीकरणले सहयोग पुग्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्