बिर्तामोड असोज, २१ । झापाको दमक नगरपालिका –६ स्थित पूर्व बसपार्कको टर्मिनल भवनमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्व नजिकिएसँगै लामो तथा छोटो दुरीको यात्रा गर्ने यात्रुले समस्या झेल्नु नपरोस् र समस्या परे तत्काल यात्रु सहायता कक्षमा सम्पर्क गर्न मिलोस् भन्ने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।


बुधबार (आज) बिहान इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सहायता कक्षको शुभारम्भ गरेका हुन् । सुरक्षित यात्राका लागि जनचेतनामुलक सन्देश प्रवाह गर्ने प्रमुख पण्डितले बताए । सहायता कक्षको स्थापनासँगै चाडपर्वमा हुने भिडाभाड नियन्त्रणसमेत सहयोग पुग्ने पण्डित बताउँछन् ।


सहायात कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिले सेवा दिने जनाइएको छ । कक्ष शुभारम्भ कार्यक्रममा यातायात व्यवसायी संघका निर्वतमान अध्यक्ष गंगा सिटौला, यातायात तथा ट्राफिक व्यवस्थापन समिति दमकका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्