बिर्तामोड , असोज २१ । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका ४ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये एकजनाको ठेगाना बिर्तामोड वडा नं ५ र अन्यको ठेगाना भद्रपुर रहेको जनाइएको छ ।

बिर्तामोड प्रहरीको हिरासतमा रहेका ४ जना थुनुवाहरुको रिपोर्ट पोजिटिभ आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । उनले १० जनाको पिसिआर परीक्षण गर्दा त्यति जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्