एजेन्सी । कोलकाता नाइट राइडर्सले ओपनर राहुल त्रिपाठी र बलरहरुको उत्कृष्ट प्रदर्शनको दममा आईपीएलको २१ औं म्याचमा चेन्नई सुपर किंग्सलाई १० रनले हराएको छ ।

कोलकाताले चेन्नईलाई जीतका लागि १६८ रनको चुनौती दिएको थियो । चेन्नईको टीम २० ओभरमा ५ विकेटमा मात्र १५७ रन बनाउन सक्यो ।
चेन्नईलाई अन्तिम ओभरमा जीतका लागि २६ रन चाहिएको थियो । तर, आंद्रे रसेलको त्यस ओभरमा चेन्नईले मात्र १५ रन बनाउन सक्यो ।