कुमरखोद , असोज २२ । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले आफ्नो पालिकाभित्र बन्दै गरेका विभिन्न ठाउँको कालोपत्रे पिच , बाटोघाटो र पुलहरुको बिहीबार अनुगमन गरेका छन् ।

झापा गाउँपालिका वडा नं. २ बालुवाटार र कुवाडीबीचमा पर्ने सानो माईखोलामा बन्दै गरेको फलामे बेलीब्रिज , वडा नं २ कै कुवाडी बसस्टेण्डदेखि ३ कि.मी टाढा पंचमको हुलाकी बाटोसम्म जोड्ने कालोपत्रे पिच , वडा नं ६ शरणामतीदेखि दयालधाम जाने कृषिमार्ग जोडिने गरी बनिसकेको कालोपत्रे पिच र वडा नं ३ र४ को हुलाकी वाटो खयरवारीदेखि कामाटोलीसम्म बनिसकेको कालोपत्रे पिचको अनुगमन गरिएको हो । अनुगमनकै क्रममा स्थानीयवासीसँग भेटघाट , विकाससम्वन्धी कुराकानी गर्दै उनले स्थानीयस्तरमा उठेको जनगुनासालाई छिटै नै समाधान गरिने बताए ।
उनले आफूलाई कुनै लोभलालच नरहेको बताउँदै विकासको कार्यमा कहिल्यै पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष शाहले प्रत्येक वडामा एक–एक वटा स्वास्थ्य चौकी बनाईसकेको र प्रत्येक वडामा एक–एक वटा कालोपत्रे पिचको काम शुरु गरी अहिले अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्