दमक , असोज २२ । जनता समाजवादी पार्टी नेपाल सम्बद्व युवा संगठन झापाको आयोजनमा बृहत् मोटरसाईकल र्याली सम्पन्न भएको छ ।

एक दिवसीय कार्यक्रममा पार्टी एकतासँगै सरकारको बेथिति, भ्रष्टाचार, कालोवजारीविरुद्ध खबरदारी र डा. गोविन्द केसीको जीवन रक्षाको अपिल, कुलमान घिसिङको पुनर्नियुक्ति लगायतका मागसहित बृहत् मोटरसाईकल र्याली निकालिएको हो । दमकदेखि काँकडभिट्टासम्म पुगेको र्याली मेची भन्सार कार्यालय परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभालाई केन्द्रिय सदस्य तथा प्रदेश सांसद राधा थापा, पूर्व राजपाका झापा जिल्ला बरिष्ठ नेता कुमार गणेश, पूर्व राजपा युवा संघ प्रदेश अध्यक्ष रोशन लिम्बु,समाजबादी पार्टी मुख्य सचिब पवन विष्ट, जसपा पार्टी सम्बद्ध झापा जिल्ला युवा संघका अध्यक्ष दिपेनबाला राईले सम्बोधन गरेको कार्यक्रम महेन्द्र कटुवाल र हेमराज श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्