दमक, असोेज २२ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दमकका एक कोरोना संक्रमित पुरुषको मृत्युु भएको छ ।

असोज १८ गते भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियोे । दमक ९ का ५२ बर्षीय पुरुषको आज बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको हो । मृतक असोज १८ गते प्रतिष्ठानमा भर्ना भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनलाई १८ गते नै संक्रमण पुष्टि भएको थियो ।योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या तीन र जिल्लामा १२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्