भद्रपुर, असोज २३ । चिकित्सक, उद्योगी र ट्राफिक प्रहरीलगायत गरी भद्रपुरमा एकैदिन १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा १५ पुरुष र १ महिला रहेका छन् ।
त्यसमा मेची अस्पतालका ३ जना चिकित्सकलाई पनि कोरोना देखिएको छ ।

FILE PHOTO: Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. REUTERS/Dado Ruvic/File Photo

त्यस्तै, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाललाई समेत कोरोना पुष्टि भएको छ । भद्रपुर क्षेत्रमा कार्यरत ४ जना ट्राफिक प्रहरीलाई कोरोना देखिएको छ । उनका अनुसार संक्रमितहरु वडा नम्बर –७ का २ , ५ का १, १० का २, ६ का ३, ८ का २ जना रहेका छन् र दुई जनाको वडा खुलेको छैन । शुक्रबार मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रयोगशालामा २८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस मध्ये २ जना जिल्ला बाहिरका भएको फोकल पर्सन जितेन्द्रकुमार झाले बताए ।

त्यस्तै, शुक्रबार बिर्तामोडका ६ जनालाई कोरोना पुष्टि भएको छ । कोरोना हुनेहरुमा ४ जना जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत ट्राफिक प्रहरी रहेका छन् भने २ जना बैंकका कर्मचारी रहेका छन् । मेचीनगरमा ५ जनालाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा ३ महिला र दुई पुरुष रहेका छन् । अर्जुनधारा ६ र ११ नम्बर वडाका एक–एक जना पुरुषमा कोरोना देखिएको छ । यता गौरादह नगरपालिकाका ३४ बर्षिय पुरुषलाई कोरोना देखिएको छ भने कमल र गौरीगञ्ज गाउँपालिकाका एक–एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्