झापा , असोज २४ । गएराति बाह्रदशी ६ स्थित चिया विकास निगमको कार्यालयमा आगलागी भएको छ । आगलागीबाट करिव २० लाखको क्षति भएको छ ।

प्रतिकात्मक तस्वीर

राति ९.३० बजेतिर बिद्युत सर्ट भएर सो आगलागी भएको हो । आगलागीबाट निगमको कार्यालयमा रहेको मेशिन , कागजातलगायत जलेको बिर्तामोड नगरपालिकाको बारुणयन्त्र कार्यालयले जनाएको छ । सुरक्षागार्ड मात्र बसेको बेला आगलागी भएको र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । दमकल पुग्नुअघि नै आगलागी नियन्त्रणमा आइसकेको बारुणयन्त्र कार्यालयले जनाएको छ । सुवाष सांघाई समूहले चिया विकास निगम अन्तर्गतको सो चिया बगान पनि संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्