झापा असोज, २४ । झापाको भद्रपुरबाट प्रतिबन्धित लागूऔषधसहित १ जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार भद्रपुर–१० स्थित १९ बर्षिय आजम दाहालको साथबाट डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागूऔषध बराम गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

दाहाललाई भद्रपुरस्थित देउनिया पुलमा खटिएको शसस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनलाई शसस्त्रले सिमा प्रहरी चौकी पृथ्वीनगर बुझाएको थियो । आवश्यक कानुनी कारबाहीको लागि जिप्रका. झापामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्