दमक, असोज २४ । दमक –६ स्थित वेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बार्षिक साधारण सभाका कार्यक्रमहरु शुरु गरेको छ । संस्थाको नवनिर्मीत भवनको सभाकक्षमा शनिबारदेखि औपचारिक रुपमा ११ औ बार्षिक साधारणसभा शुरु गरिएको हो ।
यसैक्रममा संस्थाले निकालेको प्रतिवेदन सहकारीका अध्यक्ष रवि केसी, सचिव बुद्धिसागर बराल, सञ्चालक सदस्यहरु जमुना निरौला अधिकारी, पुनम रिजाल लगायतले संयुक्त रुपमा सार्वजनिक गरे । बार्षिक प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा अध्यक्ष केसीले शेयर सदस्यको थप सुविधा पुरयाँउन संस्था प्र्रयत्नशील रहेको बताए ।


उनले संस्थालाई आगामी दिनमा पर्न सक्ने आवश्यकतालाई मध्यनजर गर्दै थप भवन निर्माण गर्न तथा दमकका अतिरिक्त शिवसताक्षी, गौरादह, बुद्धशान्ति, बिर्तामोड लगायतका क्षेत्रमासमेत कारोबार गर्दै आएकाले ती ठाउँमासमेत छिट्टै सेवा केन्द्र स्थापना गर्न आवश्यक प्रकृया थालिएको बताएका छन् ।


संस्थाका व्यवस्थापक कमल घिमिरेले कोरोना महामारीका कारण यसबर्षको ११ औँ बार्षिक साधारण सभामा सदस्यहरुलाई कार्यलयका साथै विभिन्न पायक पर्ने स्थानबाट प्रतिवेदन उपलब्ध गराउँदै सुझाव संकलन गरेर औपचारिक रुपमा साधारणसभा शुरु गरिएको व्यवस्थापक कमल घिमीरेले जानकारी दिए । उनले आफूलाई पायक पर्ने स्थानमा यही असोज २८ गतेसम्म प्रतिवेदन बुझेर साधारणसभामा सहभागिता जनाउन सकिने जनाएका छन् ।

कोरोनाका बाबजुद कारोबार बढ्यो


साधारण सभाको उदघाटन कार्यक्रममा वितरित संस्थाको बार्षिक प्रतिवेदनमा आर्थिक बर्ष २०७६÷०७७ मा कुल कारोबारमा १७ प्रतिशत बृद्धि भएको उल्लेख छ । सो अवधिमा ५२ करोड भन्दा बढी बचत संकलन, ७ करोड ४० लाख भन्दा बढी शेयर संकलन र ८ करोड ८० लाख भन्दा बढीको कोष निर्माण गर्न सफल भएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ६५ करोड भन्दा बढी ऋण लगानी गर्न सफल भएको जनाइएको छ । संस्थामा हाल शेयर सदस्यको संख्या १ हजार ८ सय १५ जना महिलासहित कूल ४ हजार ७६६ जना रहेका छन् । त्यस्तै सहकारीले आर्थिक वर्ष २०७८ र ०७९ मा सदस्य संख्या १० हजार ,बचत निक्षेप ९५ करोड, ऋण लगानी १ अर्व १० करोड ,शेयर पुँजी १४ करोड र कुल कारोवार १ अर्व ३५ करोड पुरयाँउने लक्ष्य लिएको बार्षिक प्रतिबेदन जनाइएको छ ।


सहकारीले अहिले शेयरमा लाभाशं वितरण, संरक्षित पुँजी कोष ३.५ प्रतिशतसम्म फिर्ता,बचतमा उच्चतम ब्याजदर, ऋण लगानीमा सरलीकरण, प्राकृतिक प्रकोपमा राहत कोष १० हजार सहयोग, सदस्यहरुको मृत्यु भएमा १५ हजारसम्म सहयोग, दीर्घरोगीलाई १० हजार सम्म सहयोग, सदस्य सुत्केरी भएका २ पटक सम्म रु ३ हजार प्रदान, सदस्यलाई न्युन ब्याजदरमा लगानी, सदस्यलाई सम्मान तथा पुरस्कार, दीर्घकालिन पेन्सन कार्यक्रममार्फत मासिक पेन्सन प्राप्त हुने लगातका सेवा सुविधा प्रदान गर्दै आएको समेत अध्यक्ष न्यौपानेले बताए ।

५६ लाख बढी कर वुझायो
यस सहकारीले आर्थिक वर्ष २०७६ ०७७ मा सरकारलाई विभिन्न करमार्फत ५६ लाख ७० हजार ३ सय ३७ रुपैयाँ बुझाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्