झापा असोज, २४ । झापाको मेचीनगर– ७ इटाभट्टामा महिला हिंसा एवम् बलात्कारविरुद्ध र्याली निकालिएको छ । देशमा पछिल्लो समय बढ्दै गएको बलात्कार र महिलामाथि हुने हिंसाबिरुद्ध सचेतना मुलक र्याली निकालिएको हो ।

र्यालीमा, ‘मौन बसेको सरकार किन बढ्दैछ बलात्कार’, ‘९ महिनाकी बालिकाको के दोष ?’, कोरोनाबाट मर्न तयार छु तर बलात्कृत भएर कदापि छैन ’ , ‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित किन ?’ जस्ता नारा लेखिएका प्लेकार्डसहित युवाको सहभागिता थियो ।
र्यालीपछि भएको कार्यक्रममा बोल्दै लेखक उज्वल प्रसाईं, स्थानीय युवा सागर शिवाकोटी, माइती नेपालकी प्रतिनिधि सारथी राजवंशीलगायतले महिलामाथि हुने हिंसाको विरुद्धमा घरैबाट खुलेर बोल्न र प्रतिवाद गर्न सक्नु पर्नेमा जोड दिए ।
महिलामाथि हुने गरेको विभेद र शोषणमा महिलाहरुले नै लुकाउने, प्रलोभनमा पारिने हुँदा बलात्कार र महिला हिंसाका घटना बढ्दै गएको भन्दै कार्यक्रमका बक्ताहरुले पुरुष प्रधान समाज र छोरालाई सक्षम र छोरीलाई कमजोर आँक्ने मानसिकताबाटै बलात्कार र हिंसालाई प्रसय दिएको बताए । कार्यक्रममा क्लवकी सह–सचिव नर्बदा लुइटेलले क्लव स्थापना र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
क्ववकी अध्यक्ष लुना दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुसुम दाहालले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्