बिर्तामोड, असोज २४ । झापाको कमल गाउँपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । कमल –२ का ३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

घरायसी विवादको कारण थापाले घरैकै खुकुरी प्रहार गरी २४ बर्षिय रिता थापाको हत्या गरेको प्रहरीले जनाएको छ । थापाको घटना स्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछीले घटना स्थलबाटै नियन्त्रणमा लिएको र थप अनुसन्धानका लागि इप्रका दमकमा ल्याइएको इप्रका दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्