दमक, असोज २४ । उर्लाबारी नगरपालिकाका प्रमुख खडगबहादुर फागोलाई कोरोना संक्रमण देखिएको छ ।

शनिवार प्राप्त पिसिआर रिपोर्टअनुसार फागोलाई कोरोना देखिएको हो । उनीसंगै नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक सुरेश खड्कामा पनि कोरोना संक्रमण देखिएको जनाइएको छ । यसअघि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित तीनजना जनप्रतिनिधिमा दमकमा कोरोना देखिइसकेको छ ।त्यस्तै, जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेललाई पनि संक्रमण भएको छ । पछिल्लो समय जनप्रतिनिधिहरुमा संक्रमण तीव्र रुपमा फैलिदै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्